
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको आरोप लगाउनुभएको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो ।
सांसद शर्माले चालु अधिवेशनमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बनेको बताउनुभयो । उहाँले सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट सरकार कतै विचलित भएको र बाटो बिराएको बताउनुभयो । उहाँले सरकारले चालु अधिवेशनमा आवश्यक बिजनेस दिन नसकेको पनि बताउनुभयो ।
सांसद शर्माले समितिमा सहमतिको सिस्टममा यस अधिवेशनको बीचमा सरकार पक्षबाट तोडिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्