काठमाडौं । विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसा दाहाल निर्वाचित हुनुभएको छ ।
सोमबार भएको समिति सभापति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की सांसद एवं सभापति उम्मेदवार जयन्तीदेवी राईलाई पराजित गर्दै दाहाल विजयी हुनुभएको हो ।
समितिमा दुवै तर्फको ७/७ मत प्राप्त भएपछि समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाले सभापतिको तर्फबाट दाहाललाई आफ्नो मत दिनुभएसँगै दाहाल विजयी हुनुभएको हो ।
सभापतिमा निर्वाचित भएसँगै दाहालले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । सो क्रममा उहाँले सभापति निर्वाचन नियमित प्रक्रिया भएको बताउनुभयो ।
उहाँले अहिले समितिसँग तीन वटा विधेयक रहेको र यसलाई थप परिस्कृत बनाउने गरी अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्