काठमाडौं । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभएको छ । सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री अधिकारीले सरकारले नेपालमा रहेका भूमिहीन किसान, समस्याग्रस्त, अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताउनुभयो । उहाँले भूमिहीन किसानलाई जग्गा उपलब्ध गराएर उनीहरुलाई कृषि व्यवसायमा आवद्ध गराउँदै जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले त्यसका लागि मन्त्रालयले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभयो ।
मन्त्री अधिकारीले नेपालमा रहेका भूमिहीन किसानलाई बासको ग्यारेण्टी गर्ने गरी काम गरिरहेको बताउनुभयो । उहाँले काम गर्दा नमिलेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘सरकारले नेपालमा रहेका भूमिहीन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्ने गरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने र कृषि व्यवसयमा आवद्ध गराएर जिविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलताको विकास गर्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्यका साथ मन्त्रालयले भूमि समस्या समाधान आयोग बनाउँछ । एक महिनाभित्रै सरकारले भूमि समस्या समाधान आयोग बनाउँछौं ।’
मन्त्री अधिकारीले दक्षिण एशियामा कृषि क्षेत्रमा फरक–फरक प्रणाली रहेको बताउनुभयो । उहाँले विश्वमा पछिल्लो समय खाद्यको मूख्य चुनौती बन्दै गएको बताउनुभयो । उहाँले खाद्य व्यवस्था स्वस्छ नहुँदा स्वास्थमा समेत समस्या आउँदै गएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्