काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मिशन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गर्नुभएको छ ।
शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले एमालेसँग अहिले मिशन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले माओवादी केन्द्रको भने आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले भन्ने जिकिर गर्नुभयो ।
माओवादी केन्द्रले विगतमा निर्वाचनहरुमा जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा ४/५ लाख ल्याएर राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्ने ओलीको जिकिर थियो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्चुवा पार्टीको रुपमा चित्रण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जनताको हितमा काम गर्ने पार्टीहरुलाई मात्रै नेपाली जनताले विश्वास गर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्