Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


यचुरीको अन्तिम संस्कारमा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल सहभागी हुने


1.8k
Shares

काठमाडौं । नेकपा (एमाले)ले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सिताराम यचुरीको अन्तिम संस्कारका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीलाई पठाउने भएको छ ।

शुक्रबार सम्पन्न पार्टी सचिवालय बैठकले महासचिव यचुरीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको अन्तिम संस्कारका लागि नयाँ दिल्लीमा जानकारी लागि वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वको टोली पठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

महासचिव यचुरीको गत बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

Skip This