धनकुटा । धनकुटामा भूकम्प प्रभावितलाई दिइने दोस्रो किस्ताको अनुदान लिने लाभग्राहीको संख्या घटेको छ ।
पहिलो किस्ता लिनेको तुलनामा दोस्रो किस्ता बुझ्न आउनेको संख्या निकै घटेको हो ।
अनुदानका लागि सिफारिस भएका कूल २ हजार ७ सय ९६ परिवारमध्ये २ हजार ४ सय ७७ परिवारले पहिलो किस्ता बापतको रकम लगेका थिए ।
तर दोस्रो किस्ता हालसम्म १ हजार ४ सय ५६ परिवारले मात्रै बुझेका छन् ।
दोस्रो किस्ता लिने म्याद गत साउन महिनासम्म मात्र भए पनि पहिलो किस्ताभन्दा दोस्रो किस्ता लिन आउने पीडितको संख्या घटेपछि सो म्यादसमेत थप गरी अनुदान दिन सुरु गरिएको छ ।
सुरुमा प्राविधिक अभावका कारण घर बनाउन ढिला भएकाले दोस्रो किस्ता लिनेको संख्या घटेको जिल्ला आयोजना कार्यान्वयन इकाइ धनकुटाले जनाएको छ ।
२०७२ साल वैशाखमा गएको भूकम्पमा परि भत्किएका घर पुनर्निर्माणका लागि सरकारले पहिलो किस्ता बापत ५० हजार, दोस्रो किस्ता बापत १ लाख ५० हजार र तेस्रो किस्ता बापत एक लाख गरी कुल तीन लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्