१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


असोज ३ गतेदेखि धरहरा सञ्चालनमा आउने


208
Shares

काठमाडौँ । सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको जनाइएको छ ।

संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । २०७२ सालको भूकम्पले धरहरा भत्किएपछि यसको पुनर्निर्माण गरिएको हो ।