काठमाडौं । टू– ह्विलर तथा थ्रि– ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर ( एफआई), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन नेपालमा सार्वजनिक गरेको छ ।
नयाँ उत्पादनले सहज र इको फ्रेन्डली सवारी दिने ग्यारेन्टी कम्पनीले दिएको छ । कम्पनीले नयाँ पुस्ताहरुलाई ध्यानमा राखि उत्पादन गरिएको जनाएको छ । टिभिएस मोटर कम्पनीका उपाध्यक्ष राहुल नायकले आउने पीडिलाई नयाँ शैली र सुविधालाई ध्यानमा राखि उत्पादहरु अघि बढाएको जानकारी गराउनुभयो ।
कार्यक्रममा जगदम्बा मोटर्स प्रा लिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा विगत ९ बर्ष देखि टिभिएस मोटर कम्पनीका वितरकका रुपमा साझेदरीका रुपमा काम गर्न पाउँदा आफलाई खुसी लागेको बताउनुभयो । उहाँले भविष्यमा टिभिएस कम्पनीको पकड अझै सुदृड बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्