काठमाडौं । एभरेडीका नयाँ ब्याट्री र टर्चलाइट नेपाली बजारमा भित्रिएका छन् ।
एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेडले आफ्ना पछिल्ला आविष्कारहरु नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन ब्याट्री र डीएल वान ओ टू साइरन टर्च नेपाली बजारमा ल्याएको हो ।
कम्पनीले राजधानीमा एक कार्यक्रम गरी नयाँ उत्पादन सार्वजनिक गर्दै विशेषताबारे जानकारी गराएको हो ।
नयाँ अल्टिमा अल्कालाइन ब्याट्रीले खेलौना, भिडियो गेमहरुका साथै मेडिकल उपकरणजस्ता उच्च निकास यन्त्रहरुका लागि ८ सय प्रतिशतसम्म बढी चल्ने दाबी कम्पनीको छ ।
यस्तै, कम्पनीले आवाज उठाउने शक्ति अभियान अन्तर्गत् सुरक्षाको शक्तिशाली प्रतीक भन्दै साइरन टर्न नेपाली ग्राहकमाझ ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्