काठमाडौं । संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदुत चन्द्रकुमार घिमिरेले राजदुत नियुक्त भएमा ब्रिटिश गोरखाहरुको समस्या समाधानका लागि प्रयास गर्ने बताउनुभएको छ ।
बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै प्रस्तावित राजदुत घिमिरेले सन् १९९७ पूर्वका ब्रिटिश गोर्खा फौजबाट सेवा निवृत्त भएका गोरखाहरुको समस्या समाधान गर्न भुमिका खेल्ने बताउनुभएको हो ।
प्रस्तावित राजदुत घिमिरेले समस्या समाधानका लागि हाल वार्ता चलिरहेको उल्लेख गर्दै गोरखाहरुको हित संवद्र्धन हुनेगरी निष्कर्षमा पु¥याउने कामलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले विकास सहायतालाई थप गराउन आफ्नो प्रयत्न रहने बताउनुभयो ।
नेपाललाई आर्थिक सहयोग पाउने मुलुकको सूचिमा राखिराख्न पनि आफूले प्राथमिकताको काममा राखेको बताउनुभयो । त्यसैगरी आर्थिक रुपमा नेपाललाई लाभ हुने काममा पनि आफूले जोड दिने उहाँको भनाई छ ।
नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति बढाउने र विश्वविद्यालय–विश्वविद्यालयबीचको प्राज्ञिक सम्बन्धलाई विकास गर्ने पनि उहाँको योजना रहेको छ । विगतमा भएका सम्झौता कार्यान्वयनमा देखिएको समस्यालाई हल गर्न पनि आफुले भुमिका खेल्ने उहाँले बताउनुभयो । घिमिरेले विप्रेषणलाई औपचारिक माध्यमबाट ल्याउने अवस्था सिर्जना गर्ने पनि बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्