२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित समिति सभापतिको निर्वाचन भदौ ३१ गते


65
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ ।

मंगलबार बसेको सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि भदौ ३१ गतेलाई तोक्नुभएको हो ।

अध्यक्ष दाहालले समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ ३० गते आइतबार दिउँसो सवा १ बजे बस्नेथरी स्थगित भएको छ ।