१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


‘सार्वजनिक सेवा प्रशारण विधेयक’ संसदबाट पारित


403
Shares

काठमाडौं । ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयार्थ पेस गर्नुभएको सो विधेयक बहुमतले पारित भएको हो ।

विधेयकमा सार्वजनिक सेवा प्रशारक संस्थाहरुलाई विश्वसनीय र तथ्यपरक बनाउने मूल उद्देश्यसहित सो विधेयक ल्याइएको उल्लेख गरिएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २६ गते बुधबार (भोलि) अपरान्ह १ बजेका लागि बोलाइएको छ ।