Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


ओली शासनमा विद्यार्थीले दिक्षित हुन पनि पाएनन् : सुमना श्रेष्ठ


338
Shares

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाउनुभएको छ ।

सो प्रतिष्ठानको दिक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो । तर सबै विद्यार्थीहरु दिक्षित हुनका लागि त्यहाँ पुगेपछि प्रधानमन्त्री ओलीले कुलपतिको हेसियतले कार्य व्यवस्तताको कारण देखाउँदै सो दिक्षान्त समारोह स्थगित गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

सांसद श्रेष्ठले समय मिलाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको कार्य क्षमतामाथि नै प्रश्न उठेको जिकिर समेत गर्नुभयो । उहाँले विद्यार्थीहरुको दिक्षित हुने अधिकार ओली सरकारले कटौति गर्न नमिल्ने तर्क समेत गर्नुभयो ।

सांसद श्रेष्ठले सो प्रतिष्ठानको दिक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा कहिलेबाट शुरु हुन्छ रु भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले ओली कालमा विद्यार्थीहरुले परीक्षा समेत दिन नपाउने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।