 
	    काठमाडौं । सहकारी ठगी छानबिन सम्बन्धि संसदीय समितिले आज अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्रबैंकका गभर्नरलगायतसँग छलफल गरेको छ ।
छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको जनसंख्याको ठूलो हिस्सा सहकारीमा आवद्ध रहेकोमा पछिल्लो समय केही सहकारीले अपारदर्शी रुपमा रकम अपचलन र दुरुपयोग गर्दा समस्या उत्पन्न भएको बताउनु भएको थियो ।
सहकारी ऐनमा स्वनियमन व्यवस्थाले अपेक्षाकृत परिणाम नदिँदा सहकारीमा विकराल अवस्था आएको भन्दै अर्थमन्त्री पौडेलले सहकारीको ऋण तिर्दिन भन्नेहरुलाई राज्यले छुट दिन नसक्ने प्रष्ट पार्नुभएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रिय योजना आयोगजका उपाध्यक्ष डा. शिवराज अधिकारीले सहकारीको हिसाबले भन्दा पनि निजी क्षेत्रका हिसाबले चल्न खोज्दा समस्या भएको बताउनु भएको थियो ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रलाई दोस्रो नियमन निकाय बनाएर प्रभावकारी रुपमा हेर्नुपर्ने बताउनुभयो ।
समितिले यसअघि सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्