काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गर्नुभएको छ ।
शनिबार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री राईले सो आग्रह गर्नुभएको हो । कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गर्नुभयो ।
रक्षामन्त्री राईले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भएपनि आफूलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभयो । मन्त्री राईले कहिले काँही त राति अवेरसम्म मन्त्रीपरिषद् बैठक नै बस्नुपर्ने भएकाले आफूले सबै फोन उठाउने सम्भावना नरहेको पनि जानकारी दिनुभयो ।
मन्त्री राईले किरात संस्कृति नेपालको अनुकरणीय संस्कृति भएकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्