Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कृषिका लागि आवश्यक कलकारखाना भित्र्याउन पहल गर्छु : प्रस्तावित राजदुत तुम्वाहाङ्फे


845
Shares

काठमाडौं । दक्षिण कोरियाका लागि प्रस्तावित राजदुत डा. शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताउनुभएको छ ।

बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित राजदुत तुम्वाहाङ्फेले दक्षिण कोरियाबाट कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्ने बताउनुभएको हो ।

प्रस्तावित राजदुत तुम्वाहाङ्फेले त्यस्तै, चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रश्ताव गर्ने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा पनि सहयोग प्रश्ताव गर्ने उल्लेख गर्नुभयो ।

प्रस्तावित राजदुत तुम्वाहाङ्फेले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने भन्दै लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०।५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्ने योजना रहेको बताउनुभयो । त्यसैगरी नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं–कोरिया सिधा उडान भर्न पहल गर्ने र दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

प्रस्तावित राजदुत तुम्वाहाङ्फेले संसदीय कुटनीतिका लागि आवश्यक पहल गर्ने पनि बताउनुभयो ।

Skip This