काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानविन गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरु ग्राउण्डेड गर्नुले आशंका उब्जिएको बताउनुभयो । उहाँले जहाज ग्राउण्डेड भएको सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन छानविन गर्नुपर्ने बताउनुभयो । उहाँले एयरलाइन्सको जहाज ग्राउण्डेड गरेर नीजि कम्पनीलाई मौका दिइएको हुनसक्ने बताउनुभयो ।
सांसद बस्नेतले डेडिकेटेड ट्रंकलाइनको सबै वक्यौता रकम उठाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्