Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैन : देव गुरुङ


247
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले एमसिसी परियोजनामा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै नरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले कतिपय क्षेप्यास्त्रहरु विद्युतबाट चार्ज गर्ने प्रकारको मोडालिटी पनि विकास भएको उल्लेख गर्दै नेपालमा त्यसको सम्भावना रहेकाले यसै भन्न सकिने स्थिति अझै नरहेको बताउनुभयो । उहाँले होनुरुल भन्ने समुन्द्री हवाई टापुमा अमेरिकी सेना क्याम्प रहेको र त्यहाँ थुप्रै हातहतियार उत्पादन गर्ने क्रममा एउटा क्षेप्यास्त्र उत्पादन गरेको बताउनुभयो ।

महासचिव गुरुङले सो क्षेप्यास्त्रलाई चार्ज गर्न ४ सय केबी भोल्टेज विद्युत चाहिने बताउनुभयो । उक्त क्षेप्यास्त्र पानीभित्र पनि लुकाएर राख्ने भएकाले नेपालका सजग हुनुपर्ने बताउनुभयो ।

महासचिव गुरुङले अहिले नेपालको इतिहासमै राष्ट्रियतामाथिको संकट गम्भीर रुपमा देखिएको उल्लेख गर्नुभयो ।