काठमाडौं । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले सत्तापक्ष र प्रतिपक्षले सूर्य र चन्द्रमाको जस्तो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले उज्यालो छरिएको बेलामा चन्द्रमाले प्रकाश दिएजस्तै सत्तापक्षले भुमिका खेल्न नसकेको ठाउँमा प्रतिपक्षले भुमिका खेल्नुपर्ने बताउनुभएको हो ।
सांसद रिजालले प्रतिपक्षले चन्द्रमाको भुमिका निर्वाह नगरी ग्रहणको भुमिका निर्वाह गरेको भन्दै आफू सत्तापक्षमा पुग्दा सोही प्रवृत्ति गलपासो हुने भन्दै दलहरुलाई सचेत गराउनुभयो । उहाँले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षको भुमिका परिपूरकको हुने बताउनुभयो ।
सांसद रिजालले समानताको सन्देश दिनका लागि संसदमा ‘संघीय संसदको मुल मन्त्र : समानुपातिक विकास र जनपक्षिय लोकतन्त्र’ भनेर नारा नै राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्