काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरणको लागि सरकारले आवश्यक काम गरिरहेको बताउनुभएको छ ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री सुडीले यस्तो बताउनुभएको हो ।
मन्त्री सुडीले महिलाहरु विदेश वा आफ्नै देशमा पीडित रहेका भन्दै उनीहरुमाथि दुव्र्यवहार हुन नहुने बताउनुभयो । उहाँले महिलाहरुका लागि प्रत्येक प्रदेशमा एउटा आश्रयस्थल बनाइरहेको बताउनुभयो । मधेश प्रदेशमा काम अघि बढिसकेको र वागमतीमा जग्गाका कारण केही रोकिएको भएपनि छिटै शुरु गर्ने बताउनुभयो ।
मन्त्री सुडीले नियमावलीले व्यवस्था गरेको महिला समिति गठन गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्