
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताउनुभएको हो ।
सांसद कार्कीले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो । त्यस्तै गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उहाँले प्रदेश संरचना सेतो हात्ति बनेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश संरचना सेतो हात्तीको रुपमा पाल्नु नहुने बताउनुभयो ।
सांसद कार्कीले गण्डकी प्रदेशमा एक मन्त्रीले वन मन्त्रालयमा तीतेपाति र वनमाराहरु हेर्न म जान्न भन्ने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिले मन्त्रिपरिषद्को अपमान भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्