Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


बाल मन्दिरको जग्गा उपयोग गर्न निर्देशन


1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठनका देशभर रहेका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार संगठनका पदाधिकारीसँगको भेटमा ओलीले बालमन्दिरको स्वामित्वामा रहेको जमिन, भवन र सम्पत्तिको सुरक्षा गर्न निर्देशन दिनुभएको हो ।

नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतम समेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले बाल मन्दिरको जग्गामा कसैले अतिक्रमण गरेको वा नियम बमोजिम भाडा सम्झौता नगरी बसेको भए जमीन फिर्ता गर्न निर्देशन दिनुभयो ।

बालसंगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन पनि आग्रह गर्नुभएको छ ।

सो अवसरमा संगठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट संगठनको स्पष्ट पहिचान सहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदर्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभयो ।