१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : शंकर पोखरेल


104
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रिय महिला विभागद्वाार आयोजित सामाजिक रुपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।

महासचिव पोखरेलले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताउनुभयो । उहाँले अहिले कमाईको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताउनुभयो । उहाँले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा नभएको बताउनुभयो ।

महासचिव पोखरेलले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताउनुभयो । उहाँले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताउनुभयो । चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरु स्वदेशमै उत्पादित हुनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्नेकुरा संस्कृति विपरितको कार्य भएको बताउनुभयो । भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरु नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको बताउनु भयो ।

महासचिव पोखरेलले सही विचार संप्रेषण गर्नसके समाज रुपान्तरण हुने बताउनुभयो ।