काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ५ बजे सिंहदरवारमा बस्दैछ । आजको बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले जनाएको छ ।
हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो ।
मुख्य सचिव गड्तौला साउन १० गते मुख्य सचिव नियुक्त हुनुभएको थियो । उहाँ नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव हुनुहुन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालको ठाउँमा गड्तौला मुख्यसचिव हुनुभएको थियो । गड्तौलापछि मुख्य सचिवको दाबेदारमा डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत रहेका छन्
प्रतिक्रिया दिनुहोस्