काठमाडौँ । नेपका (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि धनगढीमा शुरु हुँदैछ ।
भदौ १२ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने बैठकमा सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र पदाधिकारी सहभागी हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार गत साउन ३१ गते सम्पन्न भएको पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार आजदेखि सुदूरपश्चिमको बैठक बस्न लागेको हो ।
यस बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्