२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


बंगलादेशी कपडा कारखानाले पुनः उत्पादन शुरु गर्‍यो


1.352k
Shares

काठमाडौं । दक्षिण एशियाली देश बंगलादेशमा अगस्टको शुरुमा राजनीतिक उथलपुथल भएपछि बंगलादेशका कपडा र गार्मेन्ट कारखानाहरू बिस्तारै सञ्चालनमा आएका छन् ।

गार्मेन्ट उद्योग २०२३ मा बंगलादेशको कुल निर्यात व्यापारको ८५ प्रतिशत हिस्सा ओगटेको राष्ट्रिय अर्थतन्त्रको स्तम्भ हो । यो देश विश्वव्यापी परिधान आपूर्ति शृङ्खलाको एक प्रमुख हिस्सा पनि हो । गत वर्ष लगभग ४७ अर्ब अमेरिकी डलर बराबरको कपडा निर्यात गरेको थियो ।

पोलो सर्ट, ज्याकेट, बक्सर, टी–सर्ट लगायतका विभिन्न वस्तुहरू उत्पादन गर्ने गरेको व्यापारीहरु बताउँछन् । सबै कच्चा पदार्थहरू चीनबाट आयात गर्ने गरेको उनीहरुको भनाइ छ । सरकार परिवर्तनपछि बंगलादेशको अवस्था समस्याग्रस्त रहेको थियो ।