Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


निजगढ विमानस्थल देशकै मुहार फेर्ने परियोजना : मन्त्री अधिकारी


0
Shares

काठमाडौं, भदौ ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको मुहार फेर्ने प्रमुख आधार बन्ने दाबी गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले शनिबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री अधिकारीले विमानस्थल र ‘फास्टट्रयाक’ पूर्वाधार विकासको मुख्य आधार भएको भन्दै यी परियोजनाले अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने बताए ।

उनले निजगढ विमानस्थल ‘ट्रान्जिट हब’समेत बन्ने जिकिर गरे ।

वातावरणीयरुपमा कम क्षति पुग्ने हिसाबले विमानस्थल निर्माण गरिने उनको दाबी थियो ।

विमानस्थलका लागि २५ सय हेक्टर जमिनमा रहेका रुख काट्नुपर्ने उनले बताए ।

इपीसीएफ मोडलअन्तर्गत् काम गर्दा आयोजना बनाउन ढिलाइ हुने भएकाले यो मोडलमा काम नगरिने मन्त्री अधिकारीले बताए ।

विस्तृत परियोजना मूल्यांकन (डीपीआर)सँगै जग्गा अतिक्रमणसहित निर्माणको काम सुरु गरिने उनको भनाइ थियो ।