काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा दुई तिहाइ सांसदहरूले मत दिएका हुन ।
आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । ८७ सदस्यीय प्रदेशसभामा विश्वसका लागि ४४ मत आवश्यक पर्दछ । मुख्यमन्त्री आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमतका ३, लोसपाका ३, जनता समाजवादी पार्टीका २, जसपा नेपाल र स्वत्नत्र १–१ गरी ७० जना सांसदले मत दिएका छन् ।
माओवादी केन्द्रका १० र एकीकृत समाजवादीका १ गरी ११ जनाले आचार्यको विपक्षमा मतदान गरे । राप्रपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद तटस्थ बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्