काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम ऐनलाई समयसापेक्ष र व्यवसायीमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष भण्डारीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष भण्डारीले नेपालको श्रम ऐन पुरानो भएको भन्दै सरकारले श्रम ऐन संशोधन गरी वर्तमान समय सापेक्ष बनाउन माग गर्नुभयो । उहाँले ऐन लामो समयसम्म परिमार्जन नगर्दा व्यवसायीहरुलाई समस्या परेको बताउनुभयो ।
अध्यक्ष भण्डारीले वैदेशिक रोजगार ऐन श्रमिक र व्यवासायीमैत्री हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगार ऐन व्यवसायलाई नियन्त्रण गर्ने किसिमको रहेको भन्दै तत्काल संशोधन गर्न माग गर्नुभयो ।
अध्यक्ष भण्डारीले नेपालबाट खाडी मुलुकमा महिलाहरु गइरहेको भन्दै अब सरकारले संस्थागत रुपमा खोल्ने वा पूर्णरुपमा बन्द गर्न माग गर्नुभयो । उहाँले सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिवन्ध गरेपनि ५० हजार बढी सख्यामा महिला र तेस्रो मुलुकबाट वा भिजिट भिसामा गएको बताउनुभयो ।
अध्यक्ष भण्डारीले सरकारले त्यसको विकल्प खोज्न आवश्यक रहेको भन्दै संस्थागत रुपमा पठाउन दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुलाई शुल्क निर्धारण गर्न माग गर्नुभयो । उहाँले सरकारले अनिवार्य मागपत्र प्रमाणिकरण तत्काल गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्