काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभाको बैठकमा बुधबार भएको मतदानमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको हो ।
५३ सदस्यीय प्रदेशसभामा मूख्यमन्त्री शाहको पक्षमा ३६ मत र विपक्षमा ८ मत परेको थियो । बुधबारको बैठकमा ४५ जना सांसद मात्रै उपस्थित भएका थिए ।
मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरी ३६ मत परेको हो भने माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने गरेका थिए ।
यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहको प्रदेशसभाको यही कार्यकालमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्