Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सबै मिलेर जान्छ, टेन्सन छैन : अध्यक्ष दाहाल


2.8k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सबै मिलाएर अघि बढाउने बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले ले यस्तो बताउनुभएको हो ।

सञ्चारकर्मीहरुले बैठकमा पार्टीको नेतृत्व हस्तान्तरणको कुरा उठेको भन्ने छ नि भन्ने प्रश्न गरेपछि त्यसको जवाफमा उहाँले सबै मिल्ने र त्यसमा चिन्ता लिन नपर्ने प्रतिक्रिया दिनुभयो । नेतृत्व हस्तान्तरणबारे लिखित प्रश्ताव नै आयो के छ यसमा तपाईको धारणा भन्दै सञ्चारकर्मीले प्रश्न गरेपछि उहाँले भन्नुभयो, ‘केही हुँदैन, सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’

पार्टीको स्थायी कमिटी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहाललाई संरक्षक बनेर तेस्रो पुस्ताको चाहेको व्यक्तिलाई पार्टी अध्यक्ष बनाउन लिखित प्रश्ताव पेश गर्नुभएको थियो ।