काठमाडौं । मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा मधेश सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको छ ।
जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्टी जुलुश निकालेर विरोध प्रदर्शन गरेको हो ।
आफूहरुले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरेपनि आफूहरुको माग नसुनेकाले सिट्टी जुलुस निकालेको समाजवादी युवासंघ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताउनुभयो ।
मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार समेत नरहेको भन्दै राजिनामा माग गर्नुभयो । जनकपुरधामको जनकचौकबाट शुरु भएको विरोध रयाली मधेश भवनतर्फ अगाडि बढदा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजेपनि युवा विद्यार्थीहरु प्रहरीको घेरा निष्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्