१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


पेरिस ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा


455
Shares

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा उसलाई चीनले पछ्याइरहेको छ । शुरुमा चीनले अग्रता बनाएपनि पछिल्लो समयमा अमेरिकाले अग्रता लिएको छ ।

अमेरिकाले २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ भने दोस्रो स्थानमा रहेको चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक जितेको हो ।

अमेरिकाले स्विमिङमा सर्वाधिक ८ स्वर्ण र एथ्लेटिक्समा ६ स्वर्ण पदक जितेको छ । चीनले सुटिङ र डाइभिङमा सर्वाधिक पाँच स्वर्ण पदक जित्यो ।

अमेरिका र चीनपछि अस्ट्रेलिया बलियो देखिएको छ । १८ स्वर्ण, १२ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको अस्ट्रेलिया तेस्रो स्थानमा छ ।

आयोजक राष्ट्र फ्रान्सले १३ स्वर्ण जित्दै चौथो स्थानमा छ । बेलायल, दक्षिण कोरिया र जापानले समान १२ स्वर्ण पदक जितेका छन् ।