Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


टिआरसी विधेयकमा सहमति नयाँ सरकार बनेपछिको राम्रो काम : अध्यक्ष दाहाल


3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा टिआरसीसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंग्याउने काम सकारात्मक रहेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले यस कामलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमा समेत चित्रण गर्नुभयो । उहाँले लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको विषय अहिले टुंगिनु खुशीको कुरा भएको बताउनु भयो । उहाँले पीडितमैत्री बनाउँदै निस्कर्षमा पु¥याइनु अर्को राम्रो पक्ष भएको बताउनुभयो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई अब ढिलो गर्नु हुँदैन भन्ने लक्ष्यका साथ कार्यदल बनाएको बताउनुभयो । उहाँले कार्यदलले धेरै मेहनत गरी निस्कर्षमा पुयाएको बताउनुभयो । अब वैधानिक प्रक्रियाबाट संसदको समिति र संसदमा चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गर्नुभयो ।