
शिवहरि भट्टराई (इमेज)
राजविराज, भदौ ३० । सप्तरीका विभिन्न स्थानमा देखिएको हङकङ फ्लु र स्वाइन फ्लु भारतको बाबाधाम गएका व्यक्तिबाट फैलिएको खुलासा भएको छ ।
रुघाखोकी तथा उच्च ज्वरो आएकाहरुको रगत र र्याल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंमा नमुना परीक्षण गर्दा भारतको झारखन्डस्थित बाबाधाम गएर फर्किएका अधिकांशमा फ्लु देखिएको कन्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक डम्बरप्रसाद गुप्ताले बताए ।
बाबाधामबाट फ्लु आएको जानकारीलगत्तै भारतीय सीमानाकामा स्क्रिनिङ जाँचसहितको हेल्पडेक्स टोली राख्ने व्यवस्था मिलाइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुबाट हालसम्म पाँचजनाको मृत्यु भइसकेको छ ।
शंकास्पद १६ जनाको नमुना परीक्षण गरिएकामा १० जनामा हङकङ फ्लु र दुईजनामा स्वाइन फ्लु पुष्टि भएको हो ।
सप्तरीको कन्चनरुप, हनुमाननगर–कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकामा फ्लुको संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्