१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


पत्रकार चेतन पन्तको निधन


0
Shares

काठमाडौं । पत्रकार चेतन पन्तको निधन भएको छ । विगत २ वर्षदेखि अबुर्द रोगबाट पीडित पन्तको भैरहवास्थित आफ्नै निवासमा आइतबार राती निधन भएको हो । ६६ वर्षीय पन्तको घरमै उपचारका क्रममा निधन भएको हो ।

३६ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका पन्तले पत्रकारिताको माध्यमबाट विश्वभर लुम्बिनी र बौद्ध क्षेत्रहरु चिनाउन सन् २०१० मा बुद्धिष्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्त नामक युट्युव च्यानलबाट आफ्नै लगानीमा वृत्तचित्र निर्माण गरी प्रसारण गर्दै आउनु भएको थियो ।

२०४५ सालदेखि पत्रकारितामा आवद्ध पन्तले इमेज च्यानल, नेपाल टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

पछिल्लो एक दशकयता लुम्बिनीको प्रचार अभियन्ताका रुपमा सक्रिय पन्तले सञ्चालन गरेको वेबसाइटमा लुम्बिनी, कपिलवस्तु, रामग्राम लगायत भारतका समेत बुद्ध र बुद्धको जीवनीसँग सम्बन्धित क्षेत्रहरुका वृत्तचित्रहरु नेपाली र अंग्रेजी भाषामा राखिएका छन् । पत्रकार पन्तकी श्रीमती र दुई छोरा छन् ।