जकार्ता, भदौ ३० । इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानीजहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
‘केएम फुङका पेर्माटा’ नामक पानीजहाज दक्षिणीपूर्वी सुलवेसीको बाउबाउबाट बनगाइ भन्ने ठाउँतर्फ गइरहेका बेला मध्य इन्डोनेसियाको सागुमा दुर्घटना भएको हो ।
यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानीजहाजमा आगोलागी भएपछि जहाज पानीमा पल्टिएको जानकारी दिए ।
उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाइ बन्दगाहमा अवतरण गराएको पनि उनले बताए ।
इन्डोनेसियामा बेलाबेलामा भइरहने यस्ता पानीजहाज दुर्घटनामा परी वर्षेनि सयौंको मृत्यु हुनेगरेको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्