काठमाडौं । बिहीवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको हो । बैठकमा टुंगो लाग्न बाँकी विषयमा छलफल गर्ने बताइएको छ ।
आजको बैठकलाई निर्णायक बैठकका रुपमा लिइएको छ । बैठकमा आज विगतका बैठकमा गरिएका छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ । प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएपछि विधेयक टुंग्याइने कार्यदलको भनाइ छ ।
कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कार्यदलका सदस्य एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, कानूनमन्त्री अजयकुमार चौरसिया, कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी लगायतको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्