१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


भवन निर्माण भइसक्दा पनि अझै चाबहिलको मालपोत कार्यालय भाडाको घरमा


351
Shares

काठमाडौं । धेरैभन्दा धेरै सेवाग्राहीले सेवा लिने सरकारी कार्यालय मध्य मालपोत कार्यालय पनि एक हो । यसैलाई मध्यनजर गर्दे चाबहिलमा मालपोत कार्यालयकै लागि भनेर सुविधा सम्पन्न भवन बनिसकेको छ । तर मालपोत कार्यालय भने सुविधा सम्पन्न आफ्नै भवनमा नसरी भाडाकै साँघुरो घरमा खुम्चिएर बसिरहेको छ ।

काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालय आफ्नै भवन बनेपनि अझै भाडा कै घरमा बसीरहेको छ । सेवाग्राहीलाई सरल किसीमले सेवा दिनु पर्ने मालपोत कार्यालयले साँघुरो भाडाको घरबाट सेवा दिनु पर्ने के बाध्यता पर्यो होला ? बिगत ८ वर्षदेखि उक्त साँघुरो कोठामा बसेर सेवाग्राहिलाई सेवा दिँदै आइरहेका मालपोत कार्यालय चाबहिलका कार्यालय प्रमुख सन्दिपकुमार खत्रीले रहरले भाडामा बसेको होइन भन्नुभयो ।

सोही कार्यालय भन्दा ५ सय मिटरको दूरिमा ४ तल्लाको नवनिर्मित भवन सुविधा सम्पन्न रहेको छ । तर भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भवन निर्माणको ठेक्का पाएका बिकोइ, स्काइ जे.भी बिचको बाकी पैसा मन्त्रालयले अनेक बहाना बनाइ भुक्तानी नदिएपछी चलेको जुहारी नै चलेको छ । निर्मार्ण भएको यति धेरै बर्ष हुँदासमेत ठेकेदार कम्पनिले भवन हस्तान्तरण नगरेकोले नव निर्मित भवनमा सर्न नसकेको बताइएको छ । उक्त कार्यालयमा कामको लागि पुगेका सेवाग्राहीहरु समेत कार्यालय बसेको भवनबाट सन्तुष्ट छैनन् ।

नयाँ सुविधा सम्पन्न भवनमा मालपोत कार्यालय नसर्नुमा कमीसनको कुरा आए पनि त्यस्तो नभएको प्रमुख खत्री बताउनुहुन्छ । आफुहरुको कुनै स्वार्थ नरहेको सकेसम्म चाडै सरेर सुविधा सम्पन्न भवनबाट सेवा दिन आतुर भएको बताउनुहुन्छ ।

उक्त नवनिर्मित भवन निर्माणको लागि बिकोइ स्काइ जेभी नयाबनेश्वरले १० करोड २३ लाख २८ हजारमा ठेक्का पाएका थियो । २०६९ बैशाख ६ गते सम्झौता गरेको भवन २ वर्ष अर्थात २०७१ बैशाख ७ मा निर्माण सम्पन्न गर्ने शर्त भए पनि सातौ पटक को म्याद थपको लागि ठेकेदार कम्पनीले माग गरेको थियो । म्याद थपको लागि कि त कानून नै संशोधन गर्न पर्ने र होइन भने मन्त्रिपरिषदबाट निर्णय गर्नु बाहेक म्याद थपको बिकल्प नभएको मालपोत कार्यालय चाबहिलका प्रमुख खत्री बताउनुहुन्छ ।

भवन निर्माण सम्पन्न भैसके पछि बाकी रहेको झण्डै ६ करोड रकम भुक्तानी गर्न मन्त्रालयले पटक पटक मीटिङ्ग बस्ने र सानो तिनो खोट देखाएर भुक्तानी दिन पन्छिदै आएको कारण भवन हस्तान्तरण नगरेको निर्माण कम्पनी श्रोतले जनाएको छ ।