काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले वचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताउनुभएको छ ।
मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताउनुभएको हो ।
सभापति थापाले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताउनुभयो । उहाँले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले वचत तथा ऋण सहकारी धेरै भएको बताउनुभयो ।
सभापति थापाले देशले धान्न नसक्ने गरी वचत तथा ऋण सहकारी रहेको बताउनुभयो । उहाँले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताउनुभयो । उहाँले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताउनुभयो ।
सभापति थापाले वचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७÷०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पु¥याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको बताउनुभयो । उहाँले काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले वचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताउनुभयो ।
सभापति थापाले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाभमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताउनुभयो । उहाँले सहकारीमा १४ करोडसम्म वचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा वचत गर्नु गैरकानूनी भएको बताउनुभयो । उहाँले १० लाख भन्दा बढी वचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको बताउनुभयो ।
सभापति थापाले सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको बताउनु भयो । उहाँले समितिले छानविन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताउनुभयो ।
सभापति थापाले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समिति
उहाँले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजिको विषय भएको बताउनुभयो । उहाँले सहकारीमा देखिएको अहिलेको गम्भिर समस्या सहकारी अभियन्ताहरुको पनि असफलता भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्