१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


रेडक्रस सोसाइटीका पदाधिकारीमा रहेको समस्या चाँडै समाधान गर्छौं : मन्त्री थापा


286
Shares

काठमाडौं । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले नेपाल रेडक्रस सोसाइटीको कन्द्रिय पदाधिकारीमा भएको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय रक्तसञ्चार केन्द्रको ५९ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री थापामगरले दैविक विपत्ति भएका क्षेत्रमा सबैभन्दा पहिला सहयोगका लागि रेडक्रस नै पुग्ने गरेको भन्दै रेडक्रसले अझै थप सेवा बिस्तार गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल रेडक्रस अन्तर्राष्ट्रिय स्तरको संस्था भएको उल्लेख गर्दै पदाधिकारीहरुबीच भएको विवादले छवि धमिलिएको बताउनुभयो ।

मन्त्री थापामगरले गुमेको रेडक्रसको छविलाई नयाँ तरिकाबाट फर्काउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो ठाउँबाट नेपाल रेडक्रसको विकासका लागि सकेको सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले २०२३ सालदेखि रक्तदान सेवा देशव्यापी रुपमासञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले १२० भन्दा बढी रक्तसञ्चार केन्द्रमार्फत रेडक्रसले मानव जीवनमा रक्त सेवा पु¥याइरहेको बताउनुभयो । उहाँले रक्तदानका लागि सबै जुट्न पनि आग्रह गर्नुभयो ।

महामन्त्री श्रेष्ठले समुदायमा नेपाल रेडक्रस सोसाइटीले आफ्नो विधानअनुसार रक्तदान सेवा आवश्यकताअनुसार सबैसँग सहकार्य गरी पु¥याइरहेको जिकिर गर्नुभयो ।