काठमाडौं, भदौ ३० । ब्लड डोनर्स एसोसिएसन नेपालले रक्तदान गर्न सबैसँग आग्रह गरेको छ ।
शनिबार आफ्नो २१औं वार्षिक साधरणसभा तथा नवौं केन्द्रीय अधिवेशनको अवसरमा ‘ब्लोदान’ले रक्तदान गरेर आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको हो ।
बजारमा रगतको अभाव बढ्दै गएको भन्दै ब्लोदानका उपाध्यक्ष रमेशध्वज बस्नेतले रक्तदानलाई जीवनदान सम्झनुपर्ने बताए ।
वरिष्ठ कलाकार एवं ब्लोदानका संरक्षक हरिवंश आचार्यले बजारमा रगतको अभाव हुन नदिनका लागि रक्तदान गर्न सबैसँग आग्रह गरे ।
कार्यक्रममा धेरैपटक रक्तदान गर्ने रक्तदाता र विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।
ब्लोदानको केन्द्रीय अधिवेशनले नयाँ कार्यसमितिको चयनसमेत गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्