Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै


13
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सभामा सोधेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता भएको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।