
काठमाडौं । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको छ ।
नेपाल रहेको समूह ‘ए’ मा दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि छन् । समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रतियोगिता साउन १३ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्