१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


सिमलताल दुर्घटना अपडेट


6.916k
Shares

काठमाडौं । गत शुक्रबार नारायणगढ–मुगलिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् । बाँकी ५ जनाको भने सनाखत हुन सकेको छैन ।

सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् । बुधबार ५ वटा शवको सनाखत भएको थियो । फेला परेका शव भरतपुर अस्पतालको शव गृहमा ल्याउने काम भइरहेको छ ।