१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सामसङ ग्यालेक्सी जेड फोल्ड सिक्स नेपाली बजारमा


3.965k
Shares

काठमाडौं । सामसङको ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स नेपाली बजारमा भित्रिएको छ ।

सामसङ नेपालले आज यी दुई मोडलको अनावरणसंगै प्रि–अर्डर सुरु भएको घोषणा गरेको हो ।

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड र जेड फ्लिप सिक्स सिरिजको अनावरण गर्नुभएको हो ।

फोनले ग्यालेक्सी एआईलाई नयाँ उचाइमा पुर्याउने दाबी गरिएको छ । यी सिरिज ग्यालेक्सी जेड सिरिजको फोल्डेबल्सको फर्म फ्याक्टर र कनेक्टेड ग्यालेक्सी इकोसिस्टमबाट थप स्तरोन्नति भएको जनाइएको छ ।

यी फोन ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का एवं टिकाउ रहेको पनि जनाइएको छ । प्रि अर्डरमा विभिन्न छुट र सुुविधा उपलब्ध गराइएको पनि कम्पनीले जनाएको छ ।