-नविन शर्मा/मानबहादुर ओली (ईमेज):
सुर्खेत । भौगोलिक रुपमा विकट भए पनि दैलेख र कालीकोटको सीमाक्षेत्रमा अवस्थित महावुमा तीर्थालुको संख्या बढ्दै गएको छ ।
प्राकृतिक सौन्दर्यले सजिएको र धार्मिक रुपमा पनि उत्तिकै महत्वपूर्ण महावुमा सुर्खेत, दैलेख, कालिकोट, बाँकेलगायतका स्थानबाट तीर्थयात्री पुग्छन् । यद्यपी यस ठाउँको प्रचार प्रसार र पूर्वाधार विकास भने सन्तोषजनक छैन ।
कालिकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने मोहवुको चारैतिर अग्ला र अध्याँरा लेकहरू देखिन्छन् ।
नजिकैको सुन्दर पाटनको बीचमा विशाल ढुङ्गामाथिको शिवलिंङ्गको मुर्ति र वरपर ढकमक्क फुलेका बुकिका फुलले महावुधामलाई सजाएका छन् ।
त्यसमाथि क्षणभरमै मौसम परिवर्तन भइरहने महावुमा पुग्ने जो कोही पनि आनन्दको अनुभूति गर्छन् ।
यस्तो अद्भूत सौन्दर्यका छटाले सिंन्चित यस ठाउँमा बर्षौदेखि स्थानीयले आफ्नो कुल देवताको उत्पत्ति भएको विश्वासका साथ पुजा गरिरहेका छन् ।
तर यस्तो संभावना बोकेको यस क्षेत्रमा धार्मिक विश्वासका कारण अहिलेसम्म यातायातका साधन पुग्ने सडकसम्म बनेको छैन ।
यस क्षेत्रको महिमा महावुगाथका मुख्यपुजारी दीपक पं्रसाद उपाध्याय बताउँछन् ।
दैलेख भूर्ति र खुर्सानी बारीका गर्गगोत्रीय आचार्य ब्राम्हणले भैंसीको काँचो दुध चढाएपछि मात्र कालिकोट र दैलेखका अन्य ब्राम्हणद्वारा पूजापाठ सुरु हुन्छ ।
यस ठाउँमा पुजा गर्नाले सन्तान नभएकालाई सन्तान हुने,अनिकाल हट्नेका साथै आफ्ना मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । त्यसैले टाढाटाढाबाट मानिसहरु कैयौं मनोकांक्षा बोकेर यहाँ आउने गर्छन् ।
तर महावुधामको पुजा गर्ने स्थानमा महिला गए अनिष्ट हुन्छ भन्ने विश्वास छ त्यसैले पुजा गरेका तीर्थयात्रीसँग महिलाले वर माग्छन् ।
महावुधामको पुजा गरी फर्कनेले दिएको आशीर्वाद पुरा हुन भएकोले काठमाडौँबाट वर माग्न आएको तीर्थयात्री शान्ति शाही बताउँछिन् ।
जनैपूर्णिमाको दिनदेखि ५ दिनसम्म पुजा हुने यस क्षेत्रमा अधिकांश पर्यटक साउन र भदौ महिनामा बढी आउँछन् ।
वर्षको एकपटकमात्र पुरा हुने यस क्षेत्रमा पर्यटकका लागि खानेवस्ने होटेल सुविधा पनि छैन ।
बरु दैलेखको महावु र कालिकोटको महावै गाउँपालिकाले कामचलाउ धर्मशाला निर्माण गरेका छन् ।
यस क्षेत्रको महिमा ज्यादा देखिएपनि उल्लेख्य पर्यटक भित्र्याउन स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षले प्रचार प्रसार र पूर्वाधार विकासमा जोड दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्