Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


समलताल पहिरो : १५ जनाको शव फेला


2.5k
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार मङ्गलबार बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ ।

भारतको बिहार सीतामढीका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ ।

यसैगरी, चितवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुमार माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ । उनीहरुको शव आफन्तले बुझिलगेको प्रहरीले जनाएको छ ।

सात जनाको शव अझै सनाखत हुन सकेको छैन ।