काठमाडौं । सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य तिब्र पारेको जनाएको छ ।
शुक्रबार बिहान चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा बेपत्ता यात्रुसहित दुई वटा बस बेपत्ता भएका थिए । जसमा जसमा ६० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । यद्यपि यकिन हुन अझै सकेको छैन । बसमा टिकट काटेर आउने बाहेकका यात्रुहरु पनि रहेको हुनसक्ने अनुमान छ ।
शुक्रबार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजि कार्य जारी राखेपनि आशातित परिणाम प्राप्त गर्न सकेको छैन । जसकारण सरकाप्रति आम नागरिकहरु रुष्ट छन् । सरकारले बेपत्ता नागरिकहरुको खोजि कार्यमा तदारुकता नदेखाएको गुनासो आम नागरिकको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले त्रिशुली नदी यहाँबाट बुझेको र त्यहाँ भएको परिस्थितिमा धेरै फरक रहेको बताउनुभयो । उहाँले अहिले नदीमा लेदोसहितको बाढी आइरहेकाले पानी धमिलो हुँदा बेपत्ताहरुको खोजि कार्य प्रभावित बनिरहेको बताउनुभयो । उहाँले धमिलो पानी र लेदोसहितको बाढीले सुरक्षा निकायले आशातित परिणाम दिन नसकेको बताउनुभयो । ४/५ वटा शवहरु करिव ५५/६० किलोमिटरको फरकमा फेला परेको र बसको अझै पत्ता नलागेको बताउनुभयो ।
प्रवक्ता न्यौपानेले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीन वटै सुरक्षा निकायसँग भएको उच्चतम प्रविधिको प्रयोग गरेर खोज्ने काम भइरहेको बताउनुभयो । लेदो कम हुने र पानी केही मात्रामा संग्लिएको खण्डमा भने गोताखोर टोली नदीमा जान सक्ने र ड्रोन क्यामेरा प्रयोगबाट खोज्न सक्ने अवस्था आउने बताउनुभयो । रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस तीन वटै उपायको प्रयोग गरेर बपत्ताको खोजी भइरहेको बताउनुभयो ।
प्रवक्ता न्यौपानेले विदेशबाट गोताखोर टोली ल्याएर खोज्दा परिणाम आउने भन्नेकुरा नेपालको परिवेशमा मेल नखाने बताउनुभयो । विदेशमा समुन्द्रमा खोज्ने गोताखोर टोली र नेपालमा त्रिशुली लगायतका नदीमा खोज्ने कुरा फरक हुने बताउनुभयो । उहाँले गोताखोर टोलीले प्रयोग गर्ने सामाग्रीहरु एउटै हुने भन्दै विदेशको गोताखोर टोली आउँदैमा नतिजा निस्किहाल्ने भन्ने नहुने बताउनुभयो । नेपालकै गोताखोर टोलीले छिटै बेपत्ताहरुको खोजी गर्ने आश रहेको बताउनुभयो ।
प्रवक्ता न्यौपानेले सशस्त्र प्रहरी बलसँग अहिले ११० जना गोताखोर रहेको बताउनु भयो । सशस्त्र प्रहरी बलसँग भएको ३७ हजार १५३ हालको जनशक्तिमध्ये करिव २२ सय जनशक्ति विपद् उद्धारसँग सम्बन्धित तालिमप्राप्त जनशक्ति रहेको बताउनुभयो । अन्य १७ हजार ७२० जनशक्ति प्रत्यक्ष रुपमा परिचालित भएका पनि बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्