काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो चेतावनी दिनुभएको हो ।
प्रमुख सचेतक शाहीले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गर्नुभयो । उहाँले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताउनुभयो । उहाँले जातीय छुवाछुतबिरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्नुभयो । उहाँले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गर्नुभयो ।
प्रमुख सचेतक शाहीले शर्त नमिलेर सरकार ढलेको भनेर सत्य बोल्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्